फिल्म स्टार सरथ चन्द्रनको निधन « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


फिल्म स्टार सरथ चन्द्रनको निधन


14.742k
Shares

एजेन्सी । चर्चित मलयालम फिल्म स्टार सरथ चन्द्रनको ३७ वर्षको उमेरमा निधन भएको छ ।

सरथ चन्द्रनको मृत्युको खबरले मलयालम फिल्म उद्योगमा शोकमा दुबेको छ ।

सरथको मृत्युको कारण भने खुल्न सकेको छैन । सरथले मलयालम भाषाहरूमा दर्शकहरूलाई धेरै उत्कृष्ट फिल्महरू दिएका थिए ।

सरथले आफ्नो करियर एक आईटी फर्मको कामबाट सुरु गरेका थिए । उनले केही समय डबिङ आर्टिस्टको रूपमा पनि काम गरे । त्यसपछि उनी फिल्मको दुनियाँतिर लागे । उनको पहिलो मलयालम फिल्म ‘अनिस्या’ थियो । जाहाँ उनलाई दर्शकले निकै रुचाएका थिए ।

सरथ चन्द्रनको अचानक मृत्युको खबरले केरला फिल्म उद्योगलाई स्तब्ध बनाएको छ ।