२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


अब रसुवामै कोरोना आशंका गरिएकाको स्वाब कलेक्सन गरिने


0
Shares

रसुवा । अब जिल्लामा नै सुरक्षित रुपले कोरोना भाइरसका शंकास्पद बिरामीको स्वाब संकलन गर्न सकिने भएको छ ।

नेपाल इन्जिनियरिङ एसोसियसन बागमती प्रदेशले जिल्लामा दुईवटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरेको छ ।

जिल्लाको पाँच वटा गाँउपालिकाकामध्ये दक्षिणी भेगका लागि ग्रामीण अस्पातल जिबजिबे र उत्तरी भेगका लागि रसुवा अस्पातलमा विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुबाट संकलन गरिएको रकमले स्वाब कलेक्सन बुथ खरिद गरेर हस्तान्तरण गरिएको बागमती प्रदेश इन्जिनियरिङ एसोसियसनका सदस्य विकास भट्ठले बताए ।

संकलन गरिएको स्वाब परीक्षणका लागि काठमाडौको टेकुस्थित जन स्वास्थ्य प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणबाट सुरक्षित रहन र उनीहरुको मनोबल उच्च राख्न यस किसिमको प्रविधिले सहयोग गर्ने बताइएको छ ।