२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


कोरोना संक्रमित राख्ने भएपछि पुरै अस्पताल खाली गराइयो


0
Shares

परासी । पश्चिम नवलपरासीमा एक जनामा कोराना संक्रमित पाइएपछि उनलाई राख्न सदरमुकाम परासीस्थित जिल्ला अस्पताल खाली गराइएको छ ।

संक्रमण कम गर्न सबै बिरामीलाई घर पठाएर उनलाई अस्पतालमा राखिएको हो ।

संक्रमित आएपछि पृथ्वीचन्द्र अस्पतालमा आजदेखि इर्मजेन्सी, ज्वरो क्लिनिक र प्रसुति सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. मोहम्मद नुरुल होदाले जानकारी दिए ।

बिरामी बढ्दै गए अस्पताललाई नै आइसोलेसन केन्द्र बनाउने तयारी गरिएको बताइएको छ ।

प्रतापपुर गाउँपालिका–५ बड्की बैदौलीका ३६ वर्षीय पुरुषमा हिजो जिल्लामै पहिलो पटक कोराना भएको पुष्टि भएको छ ।

बेलाटारीस्थित त्रिभुवन क्याम्पसको क्वारेन्टाइनमा रहेका उनमा कोरोना भएको पाइएपछि हिजो राती नै जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको हो ।

संक्रिमत देखिएका पुरुष भारतको दिल्लीबाट २७ गते राती लुकेर आएको बताइएको छ ।