२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


मन्त्रलयले त्रुटी सच्यायो : हालसम्म कोराना संक्रमितको संख्या २४५ नै


0
Shares

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज (विहीबार) २ जना संक्रमित थपिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएकामा काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष र कपिलबस्तुकी ६ बर्षीया बालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको भनी सूचना सार्वजनिक भएको थियो ।

मन्त्रलयले पुनः अर्को सूचना जारी गरी त्रुटी सच्याएको हो । पहिले नै पुष्टि भइसकेकाको विवरण दोहोरिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।