
काठमाडौं । २२ औं राष्ट्रमण्डल खेल (Commonwealth Games) आज शुक्रबार इंग्ल्यान्डको बर्मिङघममा सुरू भएको छ । खेलको औपचारिक सुरुवात बेलायती राजकुमार चार्ल्सले महरानी एलिजावेथको सन्देश पढेर गर्नुभएको छ ।
३० हजार दर्शकमाझ भव्य रुपमा सुरू गरिएको प्रतियोगिता ११ दिनसम्म चल्नेछ । प्रतियोगितामा विभिन्न ७२ देशका ५ हजार बढी खेलाडीले २ सय ८० पदकका लागि प्रतिस्पर्धा गर्दैछन ।
प्रतियोगिताको उद्घाटन अट्रेलियाको मार्चपासबाट गरिएको थियो । आयोजक इंग्ल्याण्ड अन्तिममा देखिएको थियो ।
उद्घाटन कार्यक्रममा १० मिटर लामो साँढे बनाएर बर्मिङघमले गरेको संघर्ष देखाइएको थियो । संर्घषपूर्ण अवस्थाबाट कसरी समृद्धिको यात्रामा अगाडी बढ्न सफल भयो भन्ने सन्देश दिन खोजिएको थियो ।
प्रतिक्रिया दिनुहोस्