१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


रुसका राष्ट्रपति पुटिनका प्रवक्ता पेस्कोवलाई कोरोना संक्रमण


0
Shares

काठमाडौं, बैशाख ३१ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोव र उनकी पत्नी कोरोना संक्रमित पुष्टी भएको छ ।

यी दम्पतीमा कोरोना संक्रमण पुष्टी भए पछी राष्ट्रपति कार्यालयका २५ भन्दा बढी कर्मचारीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

पेस्कोवले एक महिना अघि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेको खुलासा भएको छ ।

रुसमा कोरोना संक्रकित हुनेमा पेस्कोव रुसका पाँचौं उच्च तहका अधिकारी हुन् ।

यसअघि रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । पेस्कोव दम्पती हाल रुसको एक अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

रुसमा हाल २ लाख ३० हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ भने २ हजार भन्दा बढीको मृत्यु भईसकेको छ । (एजेन्सी)