Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


वीरगन्जको नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित भागे


0
Shares

वीरगन्ज, वैशाख ३१ । वीरगन्जको नारायणी अस्पतालबाट दुईजना कोरोनाभाइरस संक्रमित भागेका छन् ।

दुई पुरुष संक्रमितहरु बुधबार दिउँसो अस्पतालको ‘सर्जिकल वार्ड’को शौचालयबाट भागेको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

उनीहरुलाई जसरीपनि नियन्त्रणमा लिएर अस्पतालमा भर्ना गर्ने आश्वासन उनले दिइन् ।

भागेका दुईजना मंगलबार (हिजो) साँझ अस्पतालमा भर्ना भएका थिए ।

उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

मंगलबार एकैदिन नारायणी अस्पतालमा ३९ जना कोरोना संक्रमितलाई भर्ना गरिएको थियो । संक्रमित ३९ जनामध्ये दुईजना सञ्चारकर्मी पनि परेका हुन् ।