२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


साउदी अरेबियामा नेपाली कामदार कोरोनाको उच्च जोखिममा, हालसम्म ६ सय ७४ संक्रमित


0
Shares

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन-तीन तथा अन्य स्थानमा नौ नेपालीमा संक्रमण देखिएको छ ।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । संक्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ । साउदीमा कोरोना संक्रमितको संख्या ४२ हजार ९२५ पुगेको छ ।

संक्रमितमध्य १५ हजार २५७ जना उपचार पछि  निको भएका छन् । २ सय ६४ जनाको मृत्यु भएको छ ।