२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


कोरोना संक्रमितको संख्या २ सय १९ पुग्यो, जनकपुरमा पत्रकार र स्टेशनरी सञ्चालक संक्रमित


0
Shares

काठमाडौं । आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

जनकपुरमा आज दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले दुई जना संक्रमित भएको पुष्टि गरेका हुन् । योसंगै संक्रमितको संख्या २ सय १९ पुगेको हो । संक्रमित हुनेहरुमा एक पत्रकार पनि छन् ।

स्थानीय टेलिभिजनमा कार्यरत उनी जनकपुरको शिवचोक–२ का बासिन्दा रहेको बताइएको छ । उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अर्का संक्रमित जनकपुर उपमहानरपालिका–४ मा स्टेशनरी पसल गर्दै आएका व्यापारी हुन् ।

हिजो मात्र एकै दिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित मध्ये ३४ जना उपचारपछि निको भएका छन् ।

यस्तै हाल देशभर १८ हजार ९ सय ६४ जनामा पीसीआर परीक्षण गरिएको छ भने आरडीटीबाट ५९ हजार ६ सय २७ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।