सरकारले एसपीपीबारे पत्र अमेरिकालाई नपठाउनुको कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माग्यो « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


सरकारले एसपीपीबारे पत्र अमेरिकालाई नपठाउनुको कारण अन्तर्राष्ट्रिय सम्बन्ध समितिले माग्यो


182
Shares

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।

बुधबार बसेको समितिको बैठकले एसपीपीमा नेपाल सहभागि नहुने भनेर मन्त्रीपरिषद्को बैठकले निर्णय गरेपनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गर्ने निर्णय गरेको हो ।

समितिले ३ पटकसम्म सरकारका सम्वद्ध निकायहरुलाई पत्राचार गरी एसपीपी सम्झौतासँग सम्बन्धित कागजात माग गरेपनि नपाएकोले सो कागजात प्राप्न गर्न नसक्नुको कारण पनि माग गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।

त्यस्तै प्रधानसेनापतिको अस्ट्रेलिया भ्रमणको सम्बन्धमा पनि विभिन्न प्रकारका हल्लाहरु आएकाले भ्रमणको सम्बन्धमा आधिकारिक कुरा आगामी बैठकमा सम्बन्धित निकायलाई बोलाएर लिइने उहाँले जानकारी दिनुभयो ।

समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।