
काठमाडौं, बैशाख ३० । अफगानिस्तानको राजधानी काबुलस्थित एक अस्पतालमा प्रहरीको भेषमा आएका बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा नवजात २ शिशुसहित कम्तिमा १३ जनाको हत्या गरेका छन् ।
अफगानिस्तानको काबुलमा रहेको दास्त ए बार्ची अस्पतालको प्रसुती विभागमा गोली प्रहार गरिएको हो ।
आक्रमणमा १५ जना घाइते भएका छन् । प्रहरीको भेषमा तीन जना बन्दुकधारी आएको र उनीहरुले सो अस्पतालमा ग्रिनेडसमेत प्रहार गरेका छन् ।
सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्दुकधारी मारिएका छन् । आक्रमणको जिम्मा कसैले लिएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्