
बझाङ, वैशाख ३० । भारतको झुलाघाटबाट यही वैशाख १८ गते बझाङ आएका एकजनामा ‘आरडीटी पोजिटिभ’ देखिएको छ ।
झुलाघाटबाट घर आएर ‘क्वारेन्टाइन’मा बस्दै आएका विथ्थडचीर गाउँपालिकाका ३५ वर्षीय एकजनामा ‘आरडीटी’ परीक्षण गर्दा ‘पोजिटिभ’ रिपोर्ट देखिएको हो ।
आरडीटी गर्दा रिपोर्ट पोजिटिभ आएपछि उनलाई तत्काल जिल्ला अस्पताल पठाइएको छ ।
उनको स्वाब परीक्षण गरेर रिपोर्ट आएपछिमात्र कोरोना पोजिटिभ वा नेगेटिभ भन्ने थाहा हुने बताइएको छ ।
आरडीटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट देखिएपछि उनीसँगै क्वारेन्टाइनमा बस्दै आएका अन्य १० जनाको पनि स्वाब परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस्