Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


प्राध्यापकलाई शिक्षामन्त्रीको आग्रह– ‘तालाबन्दी नगरिदिनुस्’


1.1k
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राध्यापकहरूलाई विश्वविद्यालयमा तालबन्दी नगर्न आग्रह गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा भएको प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।

‘प्रध्यापकहरू विश्वविद्यालयका परिवार हुनुहुन्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘समस्याहरू आइपर्छन्, समस्या आइहाले भन्दैमा तालाबन्दी गरेर बस्नु राम्रो होइन छलफल र बहसबाट टुंग्याऔं ।’

मन्त्री पौडेलले खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा ढिलाई भएको स्वीकार गर्दै संघका पदाधिकारीहरूसँग सुझाव माग्नुभयो ।

‘आस्थाका आधारमा भन्दा योग्य व्यक्ति नियुक्ति गर्नुपर्छ भन्नेमा छु,’ मन्त्री पौडेलले थप्नुभयो, ‘ऐनले सहमति अथवा खुल्ला प्रतिस्पर्धाबाट भनेको छ, सहयोग गर्नुहोस् ।’

भेटमा प्राध्यापकहरूले आफ्ना मागको सम्बोधन गर्न आग्रह गरेका थिए । उनीहरूले सरकारले आफ्ना मागहरूलाई बेवास्ता गर्दै अल्मल्याएको भन्दै माग पूरा गर्न आग्रह गरे ।