
कपिलवस्तु, वैशाख ३० । कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
मंगलबार थप आठजनामा कोरोना संक्रमण देखिएपछि कोरोना संक्रमितको संख्या २९ पुगेको हो ।
मंगलबार कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा आठजनामा कोरोना संक्रमण देखिएको छ ।
कपिलवस्तु नगरपालिका वडा नम्बर–१ का २५ वर्षीया महिला एकजना, वडा नम्बर–३ का ३२ र २० वर्षीय पुरुष गरी दुईजना, वडा नम्बर–४ का २५ वर्षीय पुरुष एकजना, वडा नम्बर–५ का ३६ वर्षीय पुरुष एकजना, वडा नम्बर–६ का १९ वर्षीय पुरुष एकजना, वडा नम्बर–७ का १९ वर्षीय पुरुष एकजना, वडा नम्बर–८ का २५ वर्षीय पुरुष एकजनामा कोरोना संक्रमण देखिएको हो ।
मंगलबार भेटिएका छजना बुद्धपद्या उच्च माविको ‘क्वारेन्टाइन’मा र दुईजना महेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि, कपिलवस्तुको यशोधरा गाउँपालिकामा १२ जना, मायादेवी गाउँपालिकामा चारजना, बुद्धभूमि नगरपालिकामा चारजना र शुद्धोधन गाउँपालिकामा एकजना संक्रमित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्