२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


एकैदिन ३९ जना कोरोना संक्रमित भेटिएसँगै वीरगन्जबासी भयभीत


0
Shares

वीरगन्ज, वैशाख ३० । वीरगन्जमा कोरोना संक्रमण समुदायस्तरमै फैलिन सुरु भएकोे छ ।

मंगलबार एकैदिन पर्सामा ३९ जनामा रोगको संक्रमण देखिएपछि वीरगन्जबासी भयभीत भएका छन् ।

वीरगन्जका दुईजना सञ्चारकर्मी तथा छिपहरमाइ गाउँपालिकाका ११ र वीरगन्ज महानगरपालिकाका वडा नम्बर–१, २, ३ र १९ का छपकैया, इनर्वा र नगवाका २६ जना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको हो ।

वीरगन्ज महानगरपालिका, छिपहरमाइ गाउँपालिकालगायत विभिन्न गाउँका गरी ६३५ जनाको स्वाब संकलन गरी परीक्षणको लागि काठमाडौं लगिएको छ ।

वीरगन्जमा थपिएका ३९ जनालाई उपचारका लागि नारायणी अस्पतालमा पठाउने तयारी गरिएको छ ।

भारतबाट आएका तीन संक्रमित जमातीहरुबाट रोगको संक्रमण समुदायस्तरमा फैलिएको बताइएको छ ।