
वीरगञ्ज, बैशाख ३० । पर्सामा दुई जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमित दुबै पत्रकार आज भेटिएका ३९ जना कोभिड–१९ संक्रमित मध्येकै रहेको बताइएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेड डा. मदन उपाध्यायले संक्रमितमध्ये दुई जना पत्रकार भएको पुष्टि गरेका हुन् ।
३१ चैतमा वीरगञ्जमा पहिलो पटक तीन जना जमातीमा संक्रमण देखिएको थियो । छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार भने ३९ जनामा एकसाथ संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्