१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन, एक युगको अन्त्य : मोदी


0
Shares

काठमाडौं, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो ।

गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।

बाजपेयी ‘भारत रत्न’लेसमेत सम्मानित व्यक्तित्व थिए ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाजपेयीको निधनले भारतमा एक युगको अन्त्य भएको प्रतिक्रिया दिएका छन् ।

उनी कवि, स्पस्ट वक्ता र समावेशी राजनीतिज्ञकारुपमा चिनिन्थे ।

पत्रकारिताबाट पेसागत जीवन सुरु गरेका बाजपेयी पछि राजनीतिमा प्रवेश गरेका थिए । (एजेन्सी)