Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नागरिकता विधेयक संविधान अनुकुल नभएको वेदुराम भुसालको टिप्पणी

वैवाहिक अंगिकृतको विषय टुंग्याएर जानुपर्ने भनाइ

143
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वेदुराम भुसालले नागरिकता विधेयक संविधान अनुकुल भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य भुसालले वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने बताउनुभयो ।

विधेयक सुधार गर्नु पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

‘विधेयक सकारात्मक छन्, संविधान अनुकुल नै छन्,’ उहाँले भन्नुभयो, ‘वैवाहिक अंगिकृत नागरिकताका सम्बन्धमा हामीबीचमा भएको विवाद टुंग्याएर जान पाएको भए धेरै राम्रो हुन्थ्यो, यो विषय आगामी दिनमा हामीले टुंग्याउने गरी जानुपर्छ ।’

बैठकमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले वैवाहिक अंगिकृतलाई नागरिकता दिन सात वर्षे प्रावधान राख्नुपर्ने धारणा राख्नुभयो । राज्य व्यवस्था समितिमा पनि निकै लामो छलफल भएर यसमा सात वर्षे प्रावधान राख्ने भनिएकोमा सात वर्षे प्रावधान नराखिएकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

उहाँले नागरिकताको विषय संवेदनशील विषय भएकाले यसमा खुकुलो प्रावधान राख्नु नहुनेमा जोड दिनुभयो ।