Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


आज विश्व नर्सिङ दिवसः उच्च मनोवलकासाथ काम गर्न मन्त्री ढकालको स्वास्थ्यकर्मीलाई निर्देशन


0
Shares

काठमाडौं । आज विश्व नर्सिङ दिवस । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउन हुँदा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।

दिवसका अवसरमा स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको महामारीका कारण आक्रान्त बनिरहेका बेला अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका सम्पूर्ण नर्स, चिकित्सक तथा स्वाथ्यकर्मीलाई शुभकामना दिएका छन् ।

मन्त्री ढकालले आफू जोखिममा रहेर स्वाथ्य सेवामा खटिएका सम्पूर्ण स्वाथ्यमकर्मीलाई उच्च मनोवलका साथ कार्य गर्न उर्जा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

हरेक वर्षको मे १२ मा विश्व नर्सिङ दिवस मनाउने गरिन्छ । फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस मनाउने गरिएको हो ।

सन् १८२० मे १२ का दिन इटालीमा आधुनिक चिकित्सा पद्धतीमा अभूतपूर्व योगदान गर्न नर्स पेशाको सुरुवात गर्ने फलोरेन्सको सम्मानस्वरुप यो दिवस मनाउन थालिएको हो ।

नेपालमा वि.सं २०१३ देखि नर्सिङ पेशा सुरु भएको मानिन्छ विश्व नर्सिङ दिवस हरेक वर्षको मे १२ को दिनमा मनाइँदै आएपनि नेपालमा भने राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्षको माघ १५ गते मनाउने गरीएको छ ।