७ श्रावण २०८२, बुधबार | Wed Jul 23 2025


नापी अधिकृत घुस रकमसहित पक्राउ


0
Shares

सञ्जय कार्की (इमेज)

रौतहट, साउन ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटस्थित नापी कार्यालयका अधिकृत धीरेन्द्रकुमार लाललाई १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ ।

गौर नगरपालिका–८, सरुअठा निवासी रामगणेश ठाकुरको कित्ताकाट गर्नेक्रममा नापी अधिकृत लालले घुस रकम लिँदैगर्दा आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

आयोगले बिहीबार उनलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगको टोलीले बुधबारमात्रै सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यायालका शिक्षक प्रमोद ठाकुरलाई ४५ हजार घुस रकमसहित पक्राउ गरेको थियो ।