बैंक अफ काठमाण्डूका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


बैंक अफ काठमाण्डूका ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट


689
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालबीच २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्बन्धि संझौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई ल्यावले २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालमा उपलब्ध हुने स्वास्थ्य सम्बन्धी सेवाहरुमा एकमुष्ठ २५ प्रतिशतको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

बायो डाईग्नोष्टिक प्याथ ल्याब नेपालले ललितपुरको ग्वार्को र काठमाण्डौंको सुकेधाराबाट सेवाग्राहीहरुलाई ल्याब सम्बन्धी सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।