Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


गठबन्धनले सत्ताका लागि नागरिकताको सौदा गरेको एमाले महासचिव पोखरेलको आरोप


312
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सत्ताधारी दलहरुको नागरिकताको सौदा गरेको आरोप लगाउनुभएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित प्रेस भेटघाटमा उहाँले सत्ता र गठबन्धन टिकाउने नाममा नागरिकतामा सौदा गर्नु नालायकी भएकाे बताउनुभएकाे हाे । विगतमा माओवादीले नागरिकता विधेयक रोकेको भन्दै उहाँले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल भारतबाट फर्किए लगतै माओवादीकै अग्रसरतामा नागरिकता विधेयक पारित गरिएको आरोप पनि लगाउनुभयो ।

भारतमा विवाह गरेर जाने नेपाली चेलीहरुले पाउने भन्दा भारतबाट विवाह गरेर आउनेहरुलाई बढी अधिकार दिनुले नागरिकता विधेयकले असन्तुलन ल्याएको भन्दै पोखरेलले सत्ता गठबन्धनले कुर्सीका लागि जे पनि गर्दै जाने आशंका जन्माएको बताउनुभयो ।

एमालेले साउन १६ गते देशब्यापी रुपमा नागरिकता विधेयक विरुद्ध प्रदर्शन गर्ने तयारी गरेको छ ।