१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बिगमार्टलाई तीन लाख जरिवाना


0
Shares

काठमाडौं, बैशाख २९ । मासको दाल बढी मूल्यमा बेचेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौँडामा रहेको बिगमार्टलाई रु. तीन लाख जरिवाना गरेको छ ।

बिगमार्टले मासको दाल प्रतिकिलो रु २७१ मा बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको भन्दै विभागले उक्त रकम जरिवाना गरेको हो । रासस