३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


रणवीरको फिल्म ‘शमशेरा’को कमजोर सुरुवात


1.677k
Shares

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर वाणी कपुर र सञ्जय दत्त अभिनित फिल्म ‘शमशेरा’ जुलाई २२ बाट फिल्म हलहरूमा रिलिज भएको छ । तर, फिल्मले राम्रो सुरुवात गर्न सकेको छैन ।

चलचित्रले दर्शक र समिक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसको प्रत्यक्ष असर फिल्मको बक्स अफिसमा देखिएको छ । ‘शमशेरा’ ले पहिलो दिन बक्स अफिसमा राम्रो कमाई गर्न सकेन ।

रिपोर्टका अनुसार १५० करोडभन्दा बढीको बजेटमा बनेको ‘शमशेरा’ले पहिलो दिन बक्स अफिसमा १०.२५ करोड मात्रै कमाएको छ । यो फिल्म विश्वभर ५ हजार ५ सय स्क्रिनमा रिलिज भएको छ । योसँगै फिल्मले भारतमा ४ हजार ३५० स्क्रिन पाएको छ ।

पहिलो दिनको खराब प्रदर्शनपछि फिल्मका धेरै शो विश्वभर रद्द गरिएको बताइएको छ । रणवीरको यो कमब्याक फिल्म उनको अर्को फ्लप साबित हुने ट्रेड विश्लेषकहरुको विश्वास छ ।

फिल्ममा रणवीरको दोहोरो भूमिका रहेको छ । रणवीर चार वर्षपछि ‘शमशेरा’ मार्फत फिल्ममा फर्किएका छन् । उनी पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ मा देखिएका थिए ।