२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


बाँकेमा स्वाब संकलनलाई तीव्रता


0
Shares

नेपालगन्ज, वैशाख २९ । पर्याप्त ‘किट’ र ‘भीटीएम’ आएपछि बाँकेमा स्वाब संकलनलाई तीव्रता दिइएको छ ।

यसअघि, नेपालगन्ज बजार क्षेत्रमा मात्र केन्द्रित स्वाब संकलन कार्यलाई नगरभन्दा बाहिर पनि सुरु गरिएको हो ।

पर्याप्त किट आएसँगै परीक्षणको दायरालाई बढाउन अधिकारीहरुले नेपालगन्जबाहिर पनि स्वाब लिन थालेका हुन् ।

नेपालगन्जमा संक्रमित देखिएपछि त्यहीँमात्रै केन्द्रित भएर स्वाब संकलन गरिएको थियो ।

बाँकेका विभिन्न क्षेत्रमा संकलन गरिएको स्वाब नेपालगन्जस्थित भेरी अस्पतालमा परीक्षण भइरहेको जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जमा हालसम्म भेटिएका २४ जना कोरोना संक्रमितहरुलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको ‘आइसोलेसन’कक्षमा राखिएको छ ।