भूकम्प गएको सात वर्षसम्म पनि यी राणाकालीन भवनले रुप फेर्न सकेनन् (फोटोफिचर) « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


भूकम्प गएको सात वर्षसम्म पनि यी राणाकालीन भवनले रुप फेर्न सकेनन् (फोटोफिचर)


455
Shares

काठमाडौं । नेपालमा वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो । भूकम्पले ठूलो जनधनको क्षति गर्‍यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए ।

काठमाडौं महानगरको पुरानो भवनको जीर्ण झ्यालबाट देखिएको काम गर्दै गरेका कर्मचारी ।

नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका सामु पुनर्निर्माण गर्नुपर्ने अवस्था आइलाग्यो । रातारात घरबारबिहीन बनेका कतिपय मानिसको त घर बन्यो तर कतिपय अझै घरबारबिहीन छन् ।

वागदरवारको भत्केको भवन र कागजपत्र ।

भूकम्पले भत्काएका कतिपय सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण भयो भने अझै कतिपय सम्पदाहरु जिर्ण छन् ।

काठमाडौं महानगरको वागदरवार ।

राजनीतिक खिचातानीका बीच कतिपय ठाउँमा एकीकृत बस्ती बने भने कतिपय परिवारले अझै पालमुनि जीवन व्यतित गरिरहेका छन् । सांस्कृतिक सम्पदाको हविगत पनि त्यो भन्दा फरक छैन् ।

पुल्चोक क्याम्पसपरिसरमा रहेको भग्नावशेष ।

भूकम्प गएको ७ वर्ष पूरा भइसकेको छ । यो बीचमा केही स्थानमा राम्रैसँग सांस्कृतिक सम्पदा ठडिएका छन् भने कतिपय स्थानमा अझै पुनर्निर्माणको काम नै अघि बढ्न सकेको छैन् ।

पुल्चोकस्थित जीर्ण भवनले बनाएको भवन अधिकार आयोगको अस्तव्यीत प्रतिक चिन्ह ।

यतिबेलासम्म रानीपोखरी निर्माण सम्पन्न भइसकेको छ भने धरहरा पुनर्निर्माणको अन्तिम चरणमा छ । तर, कतिपय राजधानीमा नै रहेका राणाकालीन ऐतिहासिक पुरातात्विक भवनहरु अझै जिर्ण छन् ।

पुल्चोकस्थित केही बर्षअघि मानव अधिकार आयोग रहेको भवनको प्रवेशद्वार ।

कतिपय भवन अभावमा कार्यालयहरु यसै जोखिमपूर्ण भवनमै सञ्चालनमा छन् । २००७ सालअघि राणापरिवारको अधिनमा रहेका यी भवन पछिल्ला समय सरकारी कामकाजका अड्डाका रुपमा प्रयोगमा थिए ।

पुल्चोकस्थित स्थानीय विकास मन्त्रालयको पुरानो भवन ।

केही भवन पुनर्निर्माण र रेक्ट्रोफिटिङ गरिएपनि धेरै भवन लथालिङ्ग अवस्थामा छोडिएको छ । यी भवन बनाउँदा बज्र प्रयोग गरिएको थियो । जंगबहादुर राणा बेलायत भ्रमण गरेर फर्कंदा सुर्की (ईटाको धुलो, चुन) प्रयोग गरेर सिमेन्टको विकल्पको रुपमा प्रयोग गरिएको थियो ।

त्रिचन्द्र कलेज ।

भूकम्पपछि पुनर्निर्माण हुन नसक्दा र राज्यले आवश्यक चासो नदेखाउँदा भग्नावशेष बनेका राणाकालीन भवन जस्ताको तस्तै अवस्थामा छ ।

सिंहदरवार दक्षिण ढोकाअगाडि रहेको फैसला कार्यान्वयनको भवन ।
सिंहदरवारस्थित पुरानो संसद भवन ।
डिल्लीबजारस्थित जेलको भवन ।
थापाथलीस्थित खाद्य संस्थानले प्रयोग गरिरहेको भवन ।

तस्वीरहरुः न्युज एजेन्सी नेपाल