बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढ्योे « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढ्योे


715
Shares

काठमाडौं । बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा बढेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले ११ प्रतिशतसम्म भाडा बढाएको हो ।

मन्त्रालयका अनुसार यात्रुवाहक सवारीमा ८.३९ प्रतिशत र मालवाहक सवारी साधनमा ११.९१ प्रतिशतले भाडादर समायोजन भएको छ ।

काठमाडौं उपत्यका तथा बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा ५ किलोमिटरसम्मको दूरीमा २०, ५–१० किलोमिटरको दूरीमा २७, १०–१५ किलोमिटरमा ३२ रुपैयाँ तिर्नुपर्नेछ ।