Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


संसदीय छानबिन समितिको बैठक बस्दै


91
Shares

काठमाडौं । संसदीय छानबिन समितिको बैठक आज शुक्रबार बस्दैछ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

आजको बैठकबाट पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथिको रिपोर्टिङ लेख्न सुरू गरिनेछ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ ।

पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।