
हेटौडा, बैशाख २८ । मकवानपुरमा ८० किलो गाँजासहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गएराति मनहरी गाउँपालिका–६ मा फूल माया तामाङ्गको घरमा खानतलासी गर्दा लुकाएर राखेको ८० केजी अवैध गाँजा फेला पारेको छ ।
गाँजासहित फुल माया तामाङ्गलाइ पनि प्रहरीले पक्राउ गरेको र यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्