२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


युरेनियमसहित १५ जना पक्राउ


5.681k
Shares

काठमाडौं । झण्डै २ किलोग्राम युरेनियमसहित विराटनगरबाट १५ जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट झण्डै २ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ ।

विराटनगरको ठुल्दाई होटलमा केही व्यक्तिहरु बसेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका ७ का ४१ वर्षिय शिव शंकर पासवान, धनपालथान गाउँपालिका-४ का ३७ बर्षीय मुकेश कुमार साह, धनपालथान गाउँपालिका-७ का ४३ वर्षिय प्रदिप पुरी, कटहरी गाउँपालिका-२ का ४० वर्षीय दिलिप कुमार शर्मा, बिराटनगर-१२ का ४६ वर्षीय फटिक कुमार कार्की, माप्यदुधकोशी गाउँपालिका-७ सोलुखुम्बुका३५ वर्षीय गोपाल मगर, हलेसी नगरपालिका-९ खोटाङका ३२ वर्षीय किरन राई र धनपालथान गाउँपालिका-७ का ४४ बर्षीय लक्ष्मण शर्मालाई १ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी विराटनगरकै दुधफारममा समेत केही व्यक्तिहरु रहेको भन्ने सूचनाका आधारमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उक्त स्थानबाट ९७८.६ किलोग्राम युरेनियम जस्तो देखिने पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गण्डकी गाउँपालिका-८ गोरखाका ४५ वर्षीय जिवन गुरुङ, मङहा नगरपालिका-६ महोत्तरीका, ४२ बर्षीय अब्दुल गनी खान, बर्दिवास नगरपालिका-१२ महोत्तरीका ३० बर्षीय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका-३ मोरङका ५५ बर्षीय रबिन्द्र गच्छदार, बागमती गाउँपालिका-५ मकवानपुरका ३६ वर्षीय दिपक कुमार भ्लोन, मनराषिशवा नगरपालिका-३ महोत्तरीका ४९ वर्षीय उमेश प्रसाद यादव र कमलामाई नरगपालिका-५ सिन्धुलीका २८ वर्षीय श्याम घिमिरे रहेका छन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।