अपहरित बालिकाको सकुशल उद्धार, दुई जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


अपहरित बालिकाको सकुशल उद्धार, दुई जना पक्राउ


1.989k
Shares

काठमाडौं । अपहरित बालिकाको सकुशल उद्धार भएको छ ।

मोरङको विराटनगर महानगरपालिका १२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका(१ का दिपेन यादवका १ वर्षकी छोरी निकिशा यादवको सकुशल उद्धार भएको छ ।

प्रहरीले अपहरणमा संग्लग्न २ जना पक्राउ गरेको छ ।

श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेको खबर प्राप्त भएसँगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको समूहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको हो ।

बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल विश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न विराटनगर महानगरपालिका(६ का २७ वर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खुले सँगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो ।

अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले सँगै भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न विराटनगर(५ कि २७ वर्षिया अनु साहलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुबै जनाबीच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादवसंग समेत चिनजान भएको थियो ।

दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे संगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही वहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुलेको छ ।

बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाइकलमा हालेर दुहवी, भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खुल्न आएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।