गायक स्वरूपराज आचार्यको ‘तिम्रो तस्बिर’ सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


गायक स्वरूपराज आचार्यको ‘तिम्रो तस्बिर’ सार्वजनिक


221
Shares

काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्यको आवाजमा सजिएको ‘तिम्रो तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ ।

नवगायक तथा सङ्गीतकार उमेश राउतको सङ्गीत र उज्ज्वल हृदयको शब्दमा रहेको गीतलाई ‘उमेश राउत’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीता ढुंगाना, निराजन प्रधान र विशाल रेग्मीको अभिनय रहेको भिडियोमा प्रेम अनि विछोडलाई फरक किसिमले प्रस्तुत गरिएको छ ।

नेपाली सङ्गीतमा लोप हुँदै गएको रूपक तालको प्रयोग यस गीतको विशेष पहिचान हो, अझ अरेन्जमेन्टमा भएको एउटै गीतमा तीनवटा तालको प्रयोगले यस गीतको महत्व झनै बढेको छ ।

लाबोनी प्रमोदको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका हुन् । अजयसिंह कार्कीले रेकर्ड गरेका गीतलाई प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका छन् ।