२ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


२ करोड घुस अफर गर्ने अधिवक्ता पोखरेललाई सात दिने स्पष्टिकरण


1.872k
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई २ करोड घुसको प्रलोभन देखाउने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले स्पष्टिकरण सोधेको छ ।

परिषद्ले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पोखरेललाई सात दिने स्पष्टिकरण सोधेको हो । सात दिनभित्र जवाफ पेश गर्न परिषद्ले सूचित गरेको छ ।

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई दुई करोड घुस अफर गरेको टेलिफोन वार्ता सार्वजनिक भएको थियो ।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।