श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश


28.431k
Shares

काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ ।

सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको हो । आर्थिक संकटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्वराष्ट्रपति राजपाक्षेकाे सपरिवार नै देशबाट भागेकाे थियाे।

गत बिहिबार सिंगापुर पुगेर पदबाट राजीनामा दिनुभएका पूर्वराष्ट्रपति राजपाक्षे अब कता जानुहुन्छ भन्ने जिज्ञासा बढेको छ। उहाँविरूद्ध सिंगापुरमा थुप्रै मुद्दा चलाउन सकिने आधार रहेकाले पूर्वराष्ट्रपति राजपाक्षे अरू कुनै सुरक्षित देशमा जान सक्ने अनुमान गरिएको छ ।

यता, श्रीलंकामा बुधबार नयाँ राष्ट्रपति चयन गरिने भएकाे छ ।