प्रदेश-१ को नामाकरणका लागि बोलाइयो प्रदेशसभा बैठक « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


प्रदेश-१ को नामाकरणका लागि बोलाइयो प्रदेशसभा बैठक


286
Shares

काठमाडौं । प्रदेश–१ सभामुख प्रदीपकुमार भण्डारीले नामकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

दलहरु नामकरणका लागि आ–आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाउनुभएको हो ।

सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामकरणका विषयमा छलफल गर्न सार्वदलिय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । बजेट पारित भएसँगै स्थागित भएको प्रदेशसभा बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलइएको सचिव पराजुलीले बताउनुभयो ।

यसैबीच प्रदेश १ को नाम पहिचानका आधारमा राख्न माग गर्दै किरात राई यायोक्खाले मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेको छ ।

घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् ।

प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टंगो नाग्दा दिनहुँजसो दवावमूलक आन्दोलन भइरहेका छन् ।