Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


अध्यक्ष दाहालको वैवाहिक वर्षगाँठ, नातिनीद्वारा सहयोग


0
Shares

काठमाडौं, बैशाख २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको ५१ औं वैवाहिक वर्षगाँठको अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी छन् ।

गायिका दाहालले कैलालीका पत्रकार प्रकाश मिश्रमार्फत शुक्रबार हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर सहारा घरलाई रु. ५१ हजार बराबरका लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी हुन् ।

केही समय पहिले एक साङ्गीतिक कार्यक्रममा कैलाली आउँदा कुनै दिन समय मिलाएर सहारा घरलाई सहयोग गर्ने प्रतिबद्धता गरेर जानुभएकी गायिका दाहालले हजुरबुबाको वैवाहिक वर्षगाँठको अवसर पारेर पठाएको सहयोग प्रदान गर्न पाउँदा खुशी लागेको पत्रकार मिश्रले बताए ।

विभिन्न ठाउँका सडकबाट ल्याइएका ७३ जना मानसिक रोगीलाई आश्रय प्रदान गरिरहेका सहारा घरका सञ्चालक बलबहादुर विष्टले गर्मीको समयमा लगाउन मिल्ने ट्राउजर, टिसर्ट तथा खाद्यान्नमा दाल, चामल, तेल, नुन, भटमास प्रदान गर्नुभएकोमा गायिका दाहाललाई धन्यवाद दिए । रासस