१२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना खोपको दोस्रो मात्रा लगाइँदै « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


१२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना खोपको दोस्रो मात्रा लगाइँदै


650
Shares

काठमाडाैं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आज (सोमबार) देखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएकाे छ ।

पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यहि साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका केन्द्रबाटै खोप दिने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोपको दोस्रो मात्रा दिइने भएकाे छ ।