
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही वृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताउनुभएको छ ।
कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दावी गर्नु भएको हो ।
चिकित्सा शास्त्र अध्ययन संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेकालाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गर्नुभयो ।
मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको बताउनुभयो । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्