
काठमाडौं, बैशाख २६ । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले अफ्रिकी मुलुकहरुमा कोरोना भाइरसले यो बर्ष मात्रै १ लाख ९० हजारको मृत्यु हुने भन्दै सचेत रहन चेतावनी दिएको छ ।
विश्व स्वास्थ्य संगठनका अफ्रिकी प्रमुख माथिसिडो मोतीले त्यहाँका करीब १ लाख ९० हजार सर्वसाधारणको कोरोनाका कारण मृत्यु हुन सक्ने र प्रकोपको पनि सम्भावना पनि बढ्ने चेतावनी दिए ।
मोतीले दक्षिण अफ्रिकी मुलुकका बासिन्दा धूमपानको अम्मली रहेको र एचआइभी संक्रमितहरुको पनि संख्या अत्यधिक रहेकाले मृतकको संख्या बढ्ने औंल्याए ।
जोखिममा रहेका देशहरुमा लिबिया, सुडान, सोमालिया र नाइजेरिया रहेका छन् । यी मुलुकहरुले लकडाउन खुकुलो पारे लगत्तै बिश्व स्वास्थ्य संगठनको यो चेतावनी आएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्