२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लुम्बिनी अस्पताल र राप्ती अस्पतालमा आजदेखि इमरजेन्सी सेवाको टिकट र बेड नि:शुल्क


104
Shares

काठमाडौं । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आज (आइतबार) देखि ओपीडी र इमरजेन्सी सेवाको टिकट र बेड निःशुल्क गरिएको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७९-८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि जाने बिरामीलाई ओपीडी र इमरजेन्सीको टिकट तथा बेड शुल्क गर्ने घोषणा गरेको थियो । प्रदेश सरकारले ओपीडी र बेड निःशुल्क गर्न बजेटमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यसैगरी आइतबारदेखि लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत पनि निःशुल्क हुने भएको छ। रगत निःशुल्क गर्न लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसञ्चार सेवा केन्द्रबीच सम्झौता भएको छ ।

प्रदेश सरकारले निःशुल्क रगतका लागि ३ करोड रुपैयाँ समेत छुट्याएको छ ।