जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसीआर मेसिनद्वारा परीक्षण सुरु भएको छ ।
साबिक कर्णाली अञ्चलका पाँचवटै जिल्ला र दैलेखका जनताले समेत सुविधा पाउन सक्नेछन् ।
मेसिन जडान हुने बित्तिकै सुरुमा २४ जना स्वास्थ्यकर्मी र ८ जना क्वारेन्टाइनमा राखिएका सदस्यहरुको परीक्षण गरिएको छ भने चेकजाँच गरेका सबैको रिर्पाेट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
मेसिन सुचारु भएपनि किटको अभावले काम गर्न असहज भएको प्रतिष्ठानका डा. निरेश थापाले जानकारी दिए ।
यसअघि केन्द्रबाट जुम्लामा ३ सय २४ जनाको स्वाब परीक्षण गराइएको थियो । हालसम्म जुम्लामा कोरोना संक्रमित भेटिएका छैनन् ।








प्रतिक्रिया दिनुहोस्