३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो, २४ घण्टामा २ हजार बढीको मृत्यु


0
Shares

एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७६ हजार ९ सय २५ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । 

एक लाख ७४ हजार जना निको भएर घर फर्केका छन् । कोरोना संक्रमणका कारण विश्वभरमा सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको हो ।