१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते, नेपालगञ्जमा उपचार हुर्दै


0
Shares

गुलरिया, बैशाख २५ । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का  वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन् ।

बिहीबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उनलाई घाइते बनाएको हो ।

आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए ।

खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा गरेको छ ।