 
	    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद पवित्रा निरौला खरेलले भारत र चीनबाट हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको छ भन्ने विषयबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले संसद बाहिर हतियार खरिदका लागि सरकारले ठूलो रकम छुट्टयाएको चर्चा भएको उल्लेख गर्दै त्यसबारे संसदलाई तत्काल जानकारी गराउन प्रधानमन्त्री देउवासँग माग गर्नुभएको हो ।
उहाँले सो सम्बन्धमा प्रधानमन्त्री देउवाले संसद बाहिर कुरा उठाए पनि संसद भित्र जानकारी नगराएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
सांसद खरेलले झापा जिल्लाको विभिन्न स्थानमा जंगली हात्ती आतंकका कारण धानबाली समेत लगाउने अवस्था नआएको जानकारी गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद खरेलले धानबाली लगाउने बेलामा धानको विउको समेत किसानलाई सरकारले व्यवस्था गर्न नसकेको गुनासो पनि गर्नुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्