Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


छतबाट खसेर एकजनाको मृत्यु


0
Shares

चन्द्रौटा, बैशाख २५ । कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।

यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते हुनुभएका नाउँको चितवनमा उपचारका क्रममा बिहीबार मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । रासस 

Skip This