
धादिङ । धादिङमा पहिलो पटक स्क्रब टाइफसका बिरामी फेला परेका छन् ।
जिल्ला अस्पताल धादिङमा ज्वरोको उपचारका लागि आएका बिरामीको रगत जाँचका क्रममा स्क्रब टाइफस रोग फेला परेको हो ।
नेपालमा केही जिल्लामा केही वर्ष अघिदेखि नै योे रोगको संक्रमण फेला परेको भए पनि धादिङमा भने पहिलो पटक स्क्रब टाइफस रोगको संक्रमण देखा परेको हो ।
जिल्ला अस्पताल धादिङले उच्च ज्वरोको उपचारका लागि आएका बिरामीलाई शंका लागि रगतको परीक्षण गर्दा यो रोगको संक्रमण फेला परेको जनाएको छ ।
हालसम्म पाँच जना बिरामीमा यो रोग भेटिएको छ भने अरुमा पनि हुनसक्ने आशंका अस्पतालले गरेको छ ।
स्क्रब टाइफसले महामारीको रुप लिन सक्ने भन्दै अस्पतालले उच्च ज्वरोका बिरामीलाई तत्काल स्वास्थ्य चौकीमा पुगेर चिकित्सकको सुझाव लिन आग्रह गरेको छ ।
२०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछि नेपालमा यो रोग देखा पर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्