Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


वैवाहिक अंगीकृत नागरिकताको प्रावधान कठोर बनाउनुपर्छ : सांसद चौधरी


247
Shares

काठमाडौं । नेकपा (एमाले)की सांसद गंगा चौधरी सत्गौवाले वैवाहिक अंगीकृत नागरिकताको प्रावधानलाई कठोर बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा भाग लिँदै सांसद चौधरीले वैवाहिक अंगीकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाउनुभयो ।

सांसद चौधरीले सरकारले राजनीतिक अभिष्ट पूरा गर्नका लागि सो प्रावधान झिकेको हो भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले देशलाई फिजिकरण बनाउनको निम्ति नागरिकतालाई खकुलो पार्न खोजिएको आरोप लगाउनुभयो ।

चौधरीले वैवाहिक अंगीकृतले सहजै नागरिकता पाउने अवस्था आएमा संसदभित्र छिरेर नेपालको प्रतिकुलको कानून बनाउने भन्दै आशंका गर्नुभयो । उहाँले विदेशी चेलीहरूले विगतमा संसद भित्रैबाट देशमाथि धावा बोलेको भन्दै टिप्पणी गर्नुभयो ।