भिआईपीको सुविधा खारेज गर्न धरानका सुकुम्बासीको माग « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


भिआईपीको सुविधा खारेज गर्न धरानका सुकुम्बासीको माग


962
Shares

सुनसरी । उच्च पदस्थ व्यक्ति (भिआईपी)हरूको सेवासुविधा खारेजीको माग गर्दै धरानमा आन्दोलन सुरु भएको छ ।

सुकुम्बासीहरूको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरूको सुविधा खारेजीको माग गरेका हुन् ।

समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा भानुचाकेमा भुमिहीन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन भिआईपीहरूको सेवासुविधा खारेजी हुनुपर्ने बताएका हुन् ।

समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकटले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरूलाई दिदै आएको सेवासुविधा खारेज हुनुपर्ने बताउनुभयो । सुविधा खारेज भए देश आर्थिक संकटबाट जोगिने उहाँको तर्क छ ।

कार्कीले देशलाई माया गर्ने उच्च पदस्थ व्यक्तिहरूलाई तत्काल आफूले लिँदै आएको सुविधा फिर्ता गर्न पनि अनुरोध गर्नुभयो ।