२२ श्रावण २०८२, बिहिबार | Fri Aug 8 2025


सांसदहरुको पीसीआर परीक्षण हुँदै, भोलिबाट सुरु हुने बजेट अधिवेशन अघि रिपोर्ट आइसक्ने


0
Shares

काठमाडौं । भोलिबाट शुरु हुने संसदको बजेट अधिवेशन अघि सांसदहरूको आज पीसीआर टेस्ट गरिंदै छ ।

संसद भवन नयाँ बानेश्वरमा विहान १० बजेदेखि पीसीआर परीक्षण शुरू हुनेछ ।

शुरूमा राष्ट्रियसभाका सदस्यहरूको र ११ बजेपछि प्रतिनिधिसभाका सांसदहरूको पीसीआर टेष्ट हुने संसदका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

भोलिबाट शुरू हुने बजेट अधिवेशन अघिनै सबै सांसदहरूको पीसीआर परिक्षणको रिपोर्ट आइसक्ने छ । जनस्वास्थ्य विभागका विज्ञहरूले सांसदहरूको स्वास्थ्य परीक्षण गर्ने उनले बताए ।

कोरोना भाइरसबाट जोगिन संसद सचिवालयले सांसदहरूको पीसीआर टेष्ट गर्ने, सामाजिक दूरी कायम गर्न दुई सिट छाडेर बस्ने व्यवस्था मिलाउनेलगायतका शतर्कता अपनाउन लागेको हो ।

भोलि ४ बजेबाट बजेट अधिवेशन शुरू हुँदैछ ।