२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


होटल ए वान क्याफे भेन्युको २० औं शाखा काठमाडौंको कोटेश्वरमा


1.391k
Shares

काठमाडौं । रोयल ए वान फाष्टफुट ग्रुपद्वारा सञ्चालित होटल ए वान क्याफे भेन्युको २० औं शाखा काठमाडौंको कोटेश्वरमा सोमबारदेखि सञ्चालनमा आएको छ ।

‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि भेन्युको २० औं शाखा सोमबारदेखि सञ्चालनमा आएको क्याफेका सञ्चालक राजु श्रेष्ठले जानकारी दिनुभयो ।

सञ्चालक श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा होटल ए वान क्याफे भेन्युका २० वटा शाखा होटेल रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

भेन्युले युवालाई उद्यमशीलतामा जोड्ने, युवालाई स्वरोजगार बनाउने, रोजगारी सिर्जना गर्ने र नेपाली उत्पादन वस्तुको प्रोत्साहनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

कोरोनापछि विश्वभर पर्यटन क्षेत्रमा असर गरेपनि अब विस्तारै पर्यटकहरु घुम्न निस्कने आशा भए पछि शाखा बिस्तार गरिएको फाष्टफुड एसोसियन नेपालका अध्यक्ष समेत रहनु भएका सञ्चालक श्रेष्ठले बताउनुभयो । पर्यटन क्षेत्रमा आफूहरुले ठूलो योगदान दिएको तर कोरोनाको समयमा सरकारबाट कुनै सहयोग आफूहरुले नपाएको उहाँको गुनासो छ ।

उहाँले रोयल ए वान ग्रुपले काठमाडौंमा मात्रै नभए ग्रामीण क्षेत्रमा पनि सेवा विस्तार गरिरहेको जानकारी दिनुभयो ।

कोटेश्वरमा खुलेको होटल ए वान क्याफे भेन्यु शाखामा एक हजार जनाले एकैसाथ सेवा लिन सक्नेछन् । शाखामा असार २७ गते देखि ३२ गतेसम्म २० प्रतिशत, साउन १ गतेदेखि ५ गतेसम्म १५ प्रतिशत र साउन ६ गतेदेखि १० गतेसम्म १० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

यो भेन्युमा विवाह, व्रतबन्ध, पार्टी, सेमिनार, गोष्ठी, भेला तथा समारोह लगायतका लागि स्वच्छ सफा वातावरणमा सहितको सेवा उपलब्ध रहेको छ ।

भेन्युको नयाँ शाखाको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले उट्घाटन गर्नुभएको थियो ।